१५ चैत्र २०८०, बिहीबार
विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा तीन विद्यार्थी सहित चारको मृत्यु

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०७८, सोमबार १८:४३

बैतडी : बैतडीको पाटन नगरपालिका– ३ गरुडामा बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदा तीन विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा पाटन नगरपालिका– ३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय विद्यार्थी ज्ञानु विष्ट र १७ वर्षीय ललीत विष्ट अवस्थी रहेको इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर राजेश शाहले बताए । शाहका अनुसार सोही ठाउँका १२ वर्षीय राजेशराज पन्तको उपचारका लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको छ ।

घाइते ६ जनालाई डेल्धुरा अस्पताल पठाईएको छ । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ ।

टिप्परमा करीब १०–१२ जना विद्यार्थी चढेर घर फर्किदै गरेको स्थानीयले बताएको भएपनि अहिले सम्म घाइते र मृतक गरि १० जनामात्रै खुलेको छ । यस अघी स्थानीयले ७ जनाको मृत्यु भएको जानकारी दिएको भएपनि त्यसलाई प्रहरीले अपुष्ट खबर भनि ४ मृत्यु आधिकारिक भएको जनाएको छ ।

Nabintech