१४ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०७८, सोमबार १८:४९

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । बर्दिया, गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षीय युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उनको आइतबार राती ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । गत माघ २८ गते भेरीको प्रयोगशालामा परिक्षण गर्दा युवकलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

Nabintech