१६ चैत्र २०८०, शुक्रबार
लागूऔषधसहित बाँके र दाङबाट ३ पक्राउ

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०७८, सोमबार १८:५२

नेपालगन्ज :  लागूऔषधसहित बाँके र दाङबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत अली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् ।

बाँके र दाङका छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । दाङ तुलसीपुरका विकलाई उनकै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

यस्तै बाँके नेपालगन्जका अलि र अर्का १८ वर्षिय किशोरलाई ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । दाङबाट पक्राउ परेका विक लागुऔषध कारोबारी र बाँकेबाट पक्राउ परेका १८ वर्षिय किशोर तथा अली लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ ।

Nabintech