१२ श्रावण २०८१, शनिबार
राप्तीसोनारीमा फेरी दुई वटा पाटे बाघ देखियो

  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०७८, बुधबार १८:२६

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा पाटे बाघ देखिएका छन् ।

बाघ देखिएको खबरपछि ईलाका प्रहरी कार्यालय धामपुरले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी सर्वसाधारणहरुलाई सचेत गराई रहेको छ । धामपुरका प्रहरी इन्चार्ज सई मुकुन्द सिगदेलले स्थानीयले बाघ देखिएको खबर गरेपछि जंगलक्षेत्रमा नजान र जंगलबाटो हिँड्दा सचेत भएर हिँड्न आग्रह गरिएको जानकारी दिए ।

एक महिनाअघि आलीनगरमा बाघले आक्रमण गरेपछि स्थानीयले ढोल बजाएर धपाएका थिए । राप्ती सोनारी क्षेत्रमा हाल बाघको त्रास कायमै छ । केही दिनअघि मात्रै बाघले राप्तीसोनारी ६ मा एक जनाको ज्यान लिएको थियो भने एक जनामाथि आक्रमण गरेको थियो । मानव नस्ती नजिकैको जंगल क्षेत्रमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।

Nabintech