१६ चैत्र २०८०, शुक्रबार
नेपाल–भारत जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:२६

नेपालगञ्ज : भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा नेपालगञ्जको जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएपछि शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्णरुपमा बन्द गरिने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ । आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने एसपी अधिकारीको भनाइ छ ।

निर्वाचन प्रयोजनका लागि रुपईडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै जाँच समेत कडा पारिएको रुपईडिहा प्रहरी थानाले जनाएको छ ।

Nabintech