१२ बैशाख २०८१, बुधबार
बाँके रेडक्रसको ४०औं बार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०७८, शनिबार १९:०४

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४०औं जिल्ला बार्षिक साधारण सभा जानकी उपशाखाको आतिथ्यमा जानकी गाउँपालिका–६ गनापुरमा शनिवार सम्पन्न भएको छ ।

सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री एवं सभाका प्रमुख अतिथि सुरेन्द्रबहादुर हमालले मानवीय सेवामा संधै अग्रसर रहने नेपाल रेडक्रसको प्रशंसा गर्दै लुम्बिनी प्रदेश भरी निशुल्क रगत उपलब्ध गराउन र रक्तसंचार सेवाको भौतिक विकासका लागि प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले कोरोना महामारी रोकथामका लागि स्वयंसेवक परिचालन भई समुदायसम्म रेडक्रसको सेवा पुगेको बताउँदै आ.ब. २०७७र२०७८ मा ४ लाख ३६ हजार ८ सय ५४ जना लाभान्वित भएको कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७७र२०७८ मा रेडक्रस गतिविधिहरुको समाचारका रुपमा प्रकाशन एवं प्रशारण गरी रेडक्रस अभियानको प्रचार प्रसार कार्यमा उल्लेखनीय योगदान गर्ने बाँकेका केही मिडियालाई प्रंशसा पत्र दिई सम्मान गरिएको छ । यसैगरी नेरेसो बाँके शाखा अन्र्तगतका १७ उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखाकालाई उत्कृष्ट उपशाखा सेवा पुरस्कार प्रदान गरिएको छ ।

Nabintech