१६ चैत्र २०८०, शुक्रबार
छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयाे

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७८, सोमबार ११:१६

दाङ : दाङको तुलसीपुर–घोराही सडक खण्डमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका-१८ का २१ वर्षका रेशम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Nabintech