७ बैशाख २०८१, शुक्रबार
बाँकेमा ८ जना बन्दकर्ताहरु पक्राउ

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७८, सोमबार १५:४२

बाँके : बाँके प्रहरीले अखिल क्रान्तिकारीका युवा नेता एवम केन्द्रीय सदस्य डिबि शाही सहित ८ जना बन्दकर्ताहरुलाई पक्राउ गरेको छ । एमसिसि पारित भएको विरोधमा विप्लब नेतृत्वको नेकपासहित ८ दलले आज नेपाल बन्द आह्वान गरेको थियो ।

सोही क्रममा नेपाल बन्द गराउँदै हिडेका बाँके जिल्लाका युवा नेता डिबि शाही सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा, डिबि शाही–केन्द्रीय सदस्य(अखिल क्रान्तिकारी), प्रेरणा रोकाय – केन्द्रिय सदस्य(युवा सङ्गठन नेपाल), डिल्ली क्षेत्री–जिल्ला अध्यक्ष (अखिल क्रान्तिकारी), कमल अधिकारी, जिल्ला अध्यक्ष (जनपत्रकार सङ्गठन नेपाल), सागर सेन पौडेल–नेपालगन्ज नगर अध्यक्ष (अखिल क्रान्तिकारी), कर्म बहादुर बोहोरा– जिल्ला सदस्य (अखिल क्रान्तिकारी), अमरराज ऐडी–उपमहानगरनगर सदस्य (अखिल क्रान्तिकारी), शम्भु विश्वकर्मा–सदस्य(अखिल क्रान्तिकारी) रहेका छन ।

सोमबार देशैभरी बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

Nabintech