१४ बैशाख २०८१, शुक्रबार
चितुवाको छालासहित बाँकेबाट तीन जना पक्राउ

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७८, सोमबार १७:१४

नेपालगन्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

चितुवाको छाला ल्याएर बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कोहलपुरको टोलीले बैजनाथ गाउँपालिका ५ गायत्री टोलीबाट एक थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार चितुवाको छालसहित पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-५ का २८ बर्षीय याम बहादुर बिश्वकर्मा, मधुवन नगरपालिका ४ बर्दियाका ३० बर्षीय आकाश परियार र सोही नगरपालिका ९ का ५४ बर्षीय लाल बहादुर विश्वकर्मा रहेका छन् ।

आइतबार साँझ पक्राउ परेका उनीहरुलाई हिरासतमा लिएर बन्यजन्तु ऐन अन्तर्गत् थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

Nabintech