१२ श्रावण २०८१, शनिबार
हमाल नै बाँके काँग्रेसका संस्थापन पक्षको उम्मेदवार

  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०७८, मंगलवार १९:२०

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बाँके काँग्रेसको आगामी फागुन १९ गते हुने निर्वाचनमा सुरेन्द्रबहादुर हमाल नै संस्थापन समूहको आधिकारिक उम्मेदवार भएको बताएका छन् ।

मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य बाल्मिकीले केन्द्रबाट आएको निर्देशन अनुसार बाँके कांग्रेसको सभापतिका उम्मेदवार हमाल नै भएको बताएका हुन् ।

पार्टीका प्रबक्ता डाक्टर प्रकाशशरण महतले आफुहरुको समूहको आधिकारिक उम्मेदवार हमाल नै हुन् भन्ने कुरा घोषणा गर्न निर्देशन दिए लगत्तै उनले आफुले घोषणा गरेको जानकारी दिए ।

 

बाल्मिकीले आफूले हिजै यही कुरा पार्टीका नेता कार्यकर्ताहरुलाई जानकारी गराएको बताउँदै मंगलबार औपचारिक घोषणा मात्रै गरेको प्रष्ट पारे । पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रबाट नै आफूलाई आधिकारिक उम्मेदवार भनिसकेपछि अब विवाद गर्न जरुरी नरहेको बताए ।

उनले भने,–‘केन्द्रीय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाहजीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो । केन्द्रले बादशाहजीलाई आधिकारिक भनेको भए मैले त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानुनलाई मान्छु ।’

अर्का उम्मेदार बादशाहले पनि मंगलबार विहान पत्रकार सम्मेलन गरेर आफू पनि संस्थापनकै उम्मेदवार भएको भन्दै कुनै हालतमा पछि नहट्ने बताएका छन् । उनले आफ्नो उम्मेदवारी संस्थापन पक्षबाटै भएको भन्दै पत्रकार सम्मेलनबाटै जानकारी गराएका थिए । उनले त्यस्तो प्रतिक्रिया दिएपछि केन्द्रीय सदस्य बाल्मिकीले पनि पत्रकार सम्मेलन गरेर केन्द्रको निर्देशन अनुसार हमाललाई आधिकारिक घोषणा गरेका हुन् ।

Nabintech