१५ चैत्र २०८०, बिहीबार
तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७८, बिहीबार १९:०९

तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको ज्यान गएको छ। बर्दिया र बाँके निकुञ्जमा बाघ बढेसँगै बाघ आक्रमण घटना दाहोरिएका छन्। मध्यवर्ती क्षेत्र,खाता जैविक मार्गमा तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गएको रेकर्डले पुष्टि गर्छ।

पछिल्लो तीन वर्षको अन्तरालमा बर्दियासँग जोडिएको कैलाली र बाँके निकुञ्जमा बाघको आक्रमणबाट २९ जनाले ज्यान गुमाएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले बताए। ‘शून्यचोरी शिकारी र आहारको व्यबस्थापनले प्रत्येक गणनामा बाघ बढेको छ’उनले भने,‘समुदायमा संरक्षण चेतनाका कारण पनि बाघ बढेका छन्।’ पछिल्लो समय बाघको संख्या बढेकोले मानव र बन्यजन्तुबीच द्वन्द्व बढेकाे प्रमुख डा=कडरियाले बताए।

‘जंगलको राजा बाघको मुभमेन्ट भईरहन्छ’उनले भने,‘मुभमेन्ट भएको ठाउँमा हो हल्लाभयो भने बाघ आक्रमक बन्छ।’ बाघले जंगल क्षेत्रमा र दिनको समयमा अक्रमण गरेको बताए। बाघले जंगल क्षेत्रको किनारमा आक्रमण गरेको भेटिएको छ त्यस्तो बाघलाई क्यामरा राखेर अनुसन्धानभइरहेको उनले जानकारी दिए। उनका अनुसार बाघले एक पटक भन्दा बढि आक्रमण गरेको खण्डमा बाघलाई समाएर निकुञ्जको उद्वार केन्द्रहरुमा र चिडिया खानामा राखिने गरिएको छ। बर्दिया निकुञ्ज क्षेत्रबाट ८ वटा बाघलाई उद्धार गरि निकुञ्जको उद्धार केन्द्र तथा बिभिन्न चिडिया खानामा राखिएको छ। त्यस मध्य एउटा बाघ बाँकेको राप्ती सोनारीबाट नियन्त्रणमा लिएको हो।

सन १९८६ मा चितवन राष्ट्रिय निकुञ्जबाट गैडाहरु बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण भएदेखि बर्दियामा राष्ट्रिय प्रकृति संरक्षण कोष स्थापना भएको थियो। कोषले सचेतना,आयआर्जनदेखि मानव र वन्यजन्तबीचको द्वन्द्व न्यूनिकरणको अभियान संचालन गर्दै आएको छ। बि.स. २०५४ साल देखि नियमितरुपमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बन जंगलमा रहेका बन्यजन्तुको अध्ययन अनुगमन गर्दै आएको कोषले बाघ गणनामा मूख्य भूमिका निर्वाह गरिरहेको छ। पछिल्लो समयमा बन्यजन्तुको उद्धारको पश्चिम नेपालमा रहेको निकुञ्ज तथा बन कार्यालयहरुलाई राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राबिधिक टोलीले आक्रमकबन्यजन्तु नियन्त्रण र उद्धार गर्दै आईरहेको छ।

स्थानीय समुदायलाई बन्यजन्तु संरक्षण गर्न अभिप्रेरित गर्दै समुदायलाभान्वितहुने कामगर्दैआईरहेको कडरियाको भनाई छ।चोरी सिकारी नियन्त्रण गर्न युवाहरुको समुह बनाई परिचालन गर्ने,स्थानीयलाई सामुदायिक बन संरक्षण सचेतनाका साथसाथै निकुञ्ज क्षेत्र तथा बन जगंल आसपासका क्षेत्रमा बन्यजन्तुले आक्रमण नगर्न बैकल्पिक बालिहरु रोप्ने, आयआर्जनका गतिबिधिमा स्थानीयलाई प्रत्यक्ष रुपमा सहभागि गराई रहेको उनले खुलाए।बाघ गणना चार वर्षको अन्तरालमा गरिन्छ। अघिल्लो गणनामा बर्दियामा ८७ वटा र बाँकेमा ४ वटा बाघको संख्या थियो। बर्दिया र बाँकेमा यतिबेला बाघ गणना भईरहेको छ। सय बढि बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको कर्मचारीको अनुमान छ।

Nabintech