८ बैशाख २०८१, शनिबार
नेपालगञ्ज–१८ मा तीन करोडको लागतमा सडक निर्माण सुरु

  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०७८, शुक्रबार १४:१३

नेपालगञ्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ मा ३ करोड रुपियाँको लागतमा सडक निर्माण सुरु भएको छ । प्रहरी तालिम केन्द्र देखि पश्चिम् एनआई सी एशिया बैंक तथा होटेल क्लाउड नाइनको छेउ बाट मानव धर्म सेवा आश्रम हुदै सगरमाथा बोर्डिङ स्कुल तथा सो उत्तर दीपनगर हुदैं कारकादौ गाउँ देखि बाईपास जोडने सडकको बिहिवार वडा अध्यक्ष दिपक वर्माले शिलान्यास गर्नुभयो । आरसीसी नाला सहित कालो पत्रे सडक निर्माण गर्न लागिएको हो ।

 

कारकादौंमा रहेको भाट भटेनी देखि पश्चिम् कान्तिपुरको कार्यालय हुँदै श्रीनगर टोल जाने सड्कको केही दिनअघि मात्रै कालो पत्रेका लागि शिलान्यास भएको थियो । वडा अध्यक्ष बर्माका अनुसार यस वडामा चालु आवमै निर्माण सम्पन्न हुने गरी अझ धेरै सडकको योजना रहेका छन ।

बिहिवार सडक शिलान्यास भएको टोल वडाको धेरै पुरानो टोल भएको नाताले यस टोलको लागि बजेट ल्याएर सडक निर्माण गर्न मलाई चुनौती पनि थियो, वडा अध्यक्ष वर्माले भन्नुभयो,“ तर अहिले शिलान्यास गर्न पाउँदा आफुलाई सफल ठानेको छु । शिलान्यास कार्यक्रममा टोलबासीको बाक्लो उपस्थिति थियो । सडक बन्ने भए पछि टोलबासीमा खुशियाली छाएको छ ।

Nabintech