७ बैशाख २०८१, शुक्रबार
बाँके कांग्रेस सभापतिमा बादशाह र नारायण चुनावी मैदानमा

तेस्रो भएका मन्त्री सुरेन्द्र हमालले गरे बादशाहलाई समर्थन


  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०७८, शुक्रबार १४:२४

नेपालगञ्ज : नेपाली कांग्रेस बाँके जिल्ला सभापति पदका लागि दोस्रो चरणको मतदान शुक्रबार भएको छ। जिल्ला समन्वय समितिको हलमा शुक्रबार बिहान १० बजेदेखि मतदान जारी छ। मतदानको समय अपरान्ह ३ बजेसम्म तोकिएको छ।

यो समाचार तयार पार्दा सम्म करिब सात सय जनाले मतदान गरिसकेका छन्। बाँकेमा एक हजार चार सय ९३ मतदाता छन्। सभापतिका लागि बिहीबार भएको मतदानबाट तीन जनामध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन्। संस्थापन इतरका नारायणप्रसाद गौडेल र संस्थापन पक्षधर बादशाह कुर्मीबीच आज सभापति पदका लागि चुनाव भइरहेको छ।

बिहीबार एक हजार ४५ मत खसेकोमा गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए। २४ मत बदर भएको थियो। पहिलो चरणको मतदानबाट तेस्रो भएका हमाल लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री हुन्। जारी दोस्रो चरणको निर्वाचनभन्दा पहिले नै मन्त्री हमालले कुर्मीलाई समर्थन गर्ने घोषणा गरेका थिए।

संस्थापन इतरका गौडेल अहिलेका महाधिबेशन प्रतिनिधि हुन्। यसअघि उनी बाँकेको सहचिव र क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भइसकेका ब्यक्ति हुन्। १३ औं महाधिबेशनमा पनि गौंडेल जिल्ला सभापतिमा पराजित भएका थिए।

त्यस्तै कुर्मी महाधिबेशन प्रतिनिधि हुन्। २०६२–०६३ को आन्दोलनका बेला उनी जिल्ला उपसभापति र कार्यबहाक सभापति थिए। उनी २०६४ र २०७० मा समानुपातिक सांसद थिए।

Nabintech