१६ चैत्र २०८०, शुक्रबार
नेपालगन्जको धम्बोझीमा बसले ठक्कर दिदा भारतीय नागरिक गम्भीर घाइते

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०७८, आईतवार १९:०४

नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा आज दिउँसो साढे ३ बजे ना ५ ख ४०३७ नम्बरको कोहलपुर–नेपालगन्ज चल्ने बसले ठक्कर दिदा भारत घर भएका २० बर्षीय ईन्द्रजित कोडी गम्भीर घाइते भएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

नेपालगन्जबाट तिब्र गतिमा कोहलपुर तर्फ जाँदै गरेको बसले ठक्कर दिएर गम्भीर घाइते कोडीलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका लगिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

Nabintech