१५ चैत्र २०८०, बिहीबार
खजुरामा क्यान्सरका विरामीको उपचारको लागि ‘ब्राक्सी थेरापी’ सेवा सुरु

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०७८, आईतवार १९:०८

खजुरा (बाँके) : सुशील कोईराला प्रखर क्यन्सर अस्पताल खजुराले पहिलोपटक क्यान्सरका विरामीको उपचारको लागि ईन्टरनल रेडियशन थेरापी ‘ब्राक्सी थेरापी’ सेवा सुरु गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले एक कार्यक्रमका बीचमा मेसिनको स्वीच अन गरेर सो सेवाको सुरुवात गरेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सो सेवाको सुरुवात बर्दियाकी एक क्यान्सर पीडित महिलालाई सेवा दिएर सुरुवात गरिएको हो । क्यान्सरबाट ग्रशित विरामीको उपचारमा ईन्टरनल रेडियशन थेरापी दिनको लागि यो प्रविधि उत्तम मानिने र विरामीलाई अवस्था हेरेर ३ पटकसम्म दिन सकिने अस्पतालका निर्देशक डा आचार्यले जानकारी दिए ।

Nabintech