१३ बैशाख २०८१, बिहीबार
राप्तीसोनारीमा बाघले बाख्रा मार्यो, अझै त्रास कायमै

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०७८, आईतवार १९:१२

नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका सामुदायिक वन क्षेत्रमा अझै पनि बाघको खतरा टरेको छैन ।

शनिबार राप्ती सोनारी गाउँपालिका ५ स्थित सामुदायिक वनमा बाघले बाख्रा मारेपछि फेरि पनि त्रास बढेको छ । केही दिनअघि मान्छे मार्ने बाघलाई बाँके राष्ट्यि निकुन्जको पहलमा नियन्त्रणमा लिएपछि त्रास हट्ने बिश्वास गरिएको थियो ।

त्यसयता स्थानीयहरु बाघको आक्रमण नहुने भन्दै सामुदायिक वनमा आउजाउ गर्न थालेका थिए । तर शनिबार वनमा चर्ना लगिएको बाख्रा बाघले मारेपछि त्रास फेरि बढेको स्थानीय अगुवा हेमन्त चौधरीले बताए । उनका अनुसार नरभक्षी बाघ अझै पनि नियन्त्रणमा आएको छैन ।

Nabintech