७ बैशाख २०८१, शुक्रबार
चोरी भएको मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाइयो

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७८, बुधबार १४:१२

नेपालगन्ज : जिल्ला प्रहरी बाँकेले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार नेपालगन्ज-१० का छेत बहादुर हमालको केही दिनदेखि हराइरहेको भे ५ प ९०५० नम्बरको मोटरसाइकल गत सोमबार नेपालगन्ज–१६ जयसपुरमा प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमान्डको टोलीले फेला पारेको थियो ।

जिल्ला प्रहरीले चोरी भएको १६० सिसीको सिबी युनिकर्न मंगलबार सबै कागजात हेरेर सवारीधनी हमाललाई मोटरसाइकल हस्तान्तरण गरेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

हमालले आफ्नो मोटरसाइकल चोरी भएको निवेदन दिए पश्चात् खोजी कार्यमा लागेको बाँके प्रहरीको टोलीले सोही मोटरसाइकलसहित नेपालगन्ज १६ जयसपुरबाट सलमान अन्सारीलाई पक्राउ गरेको थियो ।

Nabintech