१४ बैशाख २०८१, शुक्रबार
सुशील कोइराला क्यान्सर अस्पतालले खजुराबासीलाई ओपिडी सेवा निःशूल्क दिने

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७८, बुधबार १७:३४

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निः शुल्क दिने भएको छ ।

नवनियुक्त अस्पताल विकास समितिले खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निः शुल्क दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले जानकारी दिए

अस्पताल स्थापनाका लागि खजुराबासीले आर्थिकरुपमा ठूलो सहयोग गरेको स्मरण गर्दै अध्यक्ष थापाले अस्पतालले ओपिडी सेवा निःशूल्क गर्दै आफ्नो नैतिक जिम्मेवारी निर्वाह गरेको बताए ।

अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरुले आर्थिक सहयोग गरेका थिए । नवनियुक्त विकास समितिले आजै पदभार ग्रहण गरेको छ

Nabintech