१४ बैशाख २०८१, शुक्रबार
सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७८, बुधबार १८:५४

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

एयरपोर्ट देखि सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए।

उनीहरुलाई उपचारको लागी कर्णाली प्रदेशीक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो। चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Nabintech