१४ बैशाख २०८१, शुक्रबार
रुस र युक्रेनबीच जारी युद्धको असर नेपालगञ्जको भान्सासम्मै

  • टाइम्स संवाददाता

  • १ चैत्र २०७८, मंगलवार १७:४१

नेपालगञ्ज : रुस र युक्रेनबीच जारी युद्धको असर नेपालगञ्जको भान्सासम्मै पर्न थालेको छ । व्यवसायीहरुले युद्धको कारण देखाएर खाने तेलको मूल्य बढाउन थालिसकेका छन् ।

आपूर्ति प्रणाली खलबलिँदा त्यसको असर नेपालगञ्जसहित मुलुकभर पर्न थालेको हो । रुस र युक्रेनबीचको जारी युद्धका कारण नेपालगञ्ज भन्सारबाट मालबाहक गाडीहरु कम आउन थालेका छन् । रुसले चार दशमलव ९६ लाख टन र युक्रेनले ५० दशमलव चारलाख टन जौं निर्यात गर्दै आएका थिए ।

युद्धरत ती देशबाट जौंको आयात रोकिएपछि नेपाली बजारमा त्यसको प्रभाव पर्न थालेको के.एल दुगड नेपालगञ्जका प्रबन्धक प्रदीप छाछेडले बताए । युद्धका कारण लोडिङनै प्रमुख चुनौति बनेको छ ।

त्यसमाथि पनि युरोप पेरिस संघको प्रतिबन्धपछि रुसी स्वामित्वका बैंकहरुले युरोपमा काम गर्न बन्द गर्दा उद्योगपती तथा व्यापारीले खरिद गर्न चाहेको बस्तुको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेकाले आयात प्रभावित भएको हो । यस्तै खानेतेलमा पनि युद्धको असर देखिएको छ ।

खानेतेलमा लिटरमा २५ देखि ३० रुपैयाँसम्म बढेको उपभोक्ता इश्वरी ज्ञवालीले बताए । युक्रेन र रुसबीचको सुरुवाती युद्धमै त्यसका असरहरु देखिसकेका छन् । यो अझै जारी रहे यसका असरहरु थप बढ्दै जाने देखिएको छ ।

स्वदेशमा कृषिको उत्पादन र उत्पादकत्व बढ्न नसक्दा उपभोग्य वस्तुको मूल्य अझ बढ्ने अर्थशास्त्रीले प्रक्षेपण गरेका छन् ।

Nabintech