१२ बैशाख २०८१, बुधबार
नेपालगञ्जमा होली पर्वको रौनक शुरु

इच्छा विपरीत रंग दले कारबाही हुने बाँके प्रहरीको भनाई


  • टाइम्स संवाददाता

  • २ चैत्र २०७८, बुधबार १८:३२

नेपालगञ्ज : नेपालगञ्जमा माधुर्य र प्रेम भाव भएको होली पर्वको रौनक शुरु भएको छ । पहाडमा बिहीवार र तराइमा शुक्रवार होली मनाइने भएपनि नेपालगञ्जमा भने होलीको चहलपलह शुरु भइसकेको छ ।

नेपालगञ्जको त्रिभुवन चोक, त्रिवेणीमोड, एक्लैनीलगायतका क्षेत्रमा रङ, लोला तथा होली अंकित टिसर्टहरुको व्यापार शुरु भइसकेको छ । बाँके प्रहरीले पनि होली पर्वलाई मर्यादित तरिकाले मनाउन आग्रह गरेको छ ।

होली पर्व मनाउने बाहानामा अमर्यादित र उच्छृङ्खल कार्य नगर्न जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरेर सबैलाई अनुरोध गरेको छ ।

कसैको इच्छा विपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसैमाथि दुर्व्यवहार गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

इच्छा विपरीत जवरजस्ति रङ प्रयोग गरेमा वा बाधा पुर्याएमा प्रहरीलाई खवर गर्न पनि उनले आग्रह गरे ।

Nabintech