७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज र आसपास जडान गरिएका धेरैजसाे साेलार बत्ती बल्दैनन्

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७८, बिहीबार १९:२८

बाँके : बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका धेरैजसाे सौर्य बत्ती एक वर्ष नबित्दै बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर अहिले धेरैजसाे सौर्य बत्ती बल्न छोडेका हुन् ।

६ महिनादेखि बत्ती राम्ररी बलेकाे छैन । तर बत्ती बनाउन सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीकाे गुनासाे छ । सौर्य बत्ती मर्मतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत गरेकाे देखिँदैन ।

उपमहानगरपालिकाभित्र दुई सय ५० वटा सौर्य बत्ती जडान भएका छन् । तर जडान भएकामध्ये धेरैजसाे बल्दैनन् । बत्ती बनाउन उपमहानगरपालिकाका जनप्रतिनिधिले खासै चोसो नदेखाएको स्थानीयवासी ललितकुमार रौनियारले गुनासाे गर्नुभयाे । उहाँले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सोलार बत्ती जडान गरिएको दुई, तीन महिना राम्ररी बल्यो तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन ।’ उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मतकाे काम गरिरहेको बताउनुभएको छ । उहाँले उपमहानगरपालिकाभित्र बिग्रिएको साैर्य बत्ती मर्मतका लागि यो वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

सौर्यबत्तीको वारेन्टी एक वर्ष मात्र हुने भएकाले बिग्रिने गरेकाे उपमहानगरपालिकाले दाबी गरेकाे छ । उपमहानगरपालिकाको समन्वय र संसद् कोषबाट नेपालगञ्जमा सौर्य बत्ती जडान गरिएको थियो ।

Nabintech