• २६ श्रावण २०७९, बिहीबार
राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट


नेपालगञ्ज : राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । राष्ट्रिय प्राकृतिकश्रोत तथा वृत्त आयोगको प्रतिवेदनले राजापुर नगरपालिकालाई बर्दियाकै उत्कृष्ट नगरपालिकाको सुचिमा राखेको हो ।

राजापुर नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको सुचकांङ्कमा ६९।२६ अंक प्राप्त गरेको हो । जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९र८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

जिल्लामै उत्कृष्ट नगरपालिकाको सूचीमा पर्दा कर्मचारीहरुलाई कामगर्न हौस्याएको र यस कार्यलाई थप ऊर्जाका रूपमा लिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताए ।

Nabintech