१६ चैत्र २०८०, शुक्रबार
वैशाख ९ गते एमालेले स्थानीय चुनावको घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

  • टाइम्स संवाददाता

  • ७ चैत्र २०७८, सोमबार १९:१८

काठमाण्डाै : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

सोमबार बसेको एमाले पोलिटब्युरोको बैठकले पार्टी स्थापनाको दिन पारेर वैशाख ९ मा केन्द्रीय घोषणापत्र र हरेक पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। पोलिटब्युरो बैठकले चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने ११ एजेन्डा पनि पास गरेको उनले बताए।

आजको बैठकमा स्थानीय तहका उम्मेदवार छनोटको मापदण्ड, केन्द्रीय नेताको भूमिका लगायत विषयमा पनि छलफल भएको थियो। केही पोलिटब्युरो सदस्यहरूले चुनावमा वाम तालमेलको कुरा गरे पनि आज त्यसबारे विस्तृत छलफल नभएको गुरूङले बताए।

Nabintech