१४ बैशाख २०८१, शुक्रबार
संविधानको रक्षामा रेडियोको महत्वपूर्ण योगदान छ : मन्त्री बडु

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७८, बुधबार १७:४०

नेपालगञ्ज : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघको १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको बुधवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री बडुले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्ने सवालमा रेडियोहरुको भूमिका अहम भएपनि अव मानिसहरुको जिवनस्तर उकास्ने र सम्बृद्धिलाई जोड्नेगरी आफ्ना प्रशारण सामग्री उत्पादन गर्नुपर्ने बताए । २०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महशुलमा छुट लगायतका काम सरकारले गरेको दाबी गरे ।

 

उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Nabintech