८ बैशाख २०८१, शनिबार
दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते

  • टाइम्स संवाददाता

  • १० चैत्र २०७८, बिहीबार १९:०७

दैलेख : दैलेखमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

जीप चालक सुर्खेतको मेहलकुनाका इन्द्रप्रसाख ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का सूर्य शाही र वडा नम्बर ४ का पूर्ण शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो। उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरी निरीक्षक सुनारले बताए।

बाँकी ६ जनालाई सामान्य चोटपटक लागेको उनले जानकारी दिए। गाडीमा जम्मा ९ जना सवार थिए। बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको उनले जानकारी दिए।

Nabintech