७ बैशाख २०८१, शुक्रबार
टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७८, मंगलवार १८:३१

नेपालगञ्ज : बाँकेको राँझा चोकमा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मंगलवार बिहान साढे ८ बजे नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगन्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका बिरबले भण्डारीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनलाई बाटो काट्ने क्रमका टिपरले ठक्कर दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ५५ बर्षीय मृतक भण्डारी हुम्ला घर भई हाल नेपालगञ्ज २० मा बस्दै अएका थिए ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nabintech