६ बैशाख २०८१, बिहीबार
गृहणी महिलालाई निर्धनद्वारा बेमौशमी तरकारी उत्पादन तालिम

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७८, मंगलवार १८:३५

नेपालगञ्ज : निर्धन उत्थान लघुवित्तिय संस्था लिमिटेड परसपुर शाखाले आफ्नो समुहमा आवद्ध रहेका गृहणी महिलालाई उद्यमी बनाउने उद्देश्यले तीन दिने व्यवसायिक बेमौसमी तरकारी खेती तालिम नेपालगञ्जमा सुरु गरेको छ ।

बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले उद्घाटन गरेको सो तीन दिने व्यवसायिक बेमौसमी तरकारी खेती तालिममा निर्धनको समूहमा रहेका ३५ जना गृहणी महिला वा उनीहरुको अभिभावक सहभागी रहेको निर्धन परस्पुर शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी दिए ।

उनले परसपुर शाखा मार्फत ३ हजार ५ सय गृहणी महिलालाई संगठित गरी उनीहरुको आयस्तर उकास्ने कार्यमा सीपमुलक तालिम दिदै बचत समेत गराउदै आएको बताए । उनले शाखा मार्फत २५ करोड विभिन्न प्रयोजनको लागि ऋण लगानी गरेको र करिव २० करोड बचत समेत गर्न सकिएको बताए ।

जलपोखरी समुहका अध्यक्ष फत्तेकुमारी जैशीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा निर्धन क्षेत्रीय कार्यालय कोहलपुरका मिनबहादुर हमाल, कृषि ज्ञान केन्द्र नेपालगञ्जका शकिल अहमद र रामप्रसाद यादवले सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

Nabintech