१३ बैशाख २०८१, बिहीबार
एमाले अध्यक्ष ओली नेपालगञ्ज आउँदै

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७८, बुधबार १९:१७

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै छन् । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार जुम्ला र कालिकोटको कार्यक्रममा जानका लागि अध्यक्ष ओली नेपालगञ्ज आउन थालेका हुन् ।

अपरान्ह ४ बजे नेपालगञ्ज आइपुग्ने अध्यक्ष ओली बुधवार नेपालगञ्जमै बास बस्ने छन् । नेपालगञ्ज बसाईका क्रममा यहाँका नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले होटलमै भेटेर निर्देशन दिने नेताहरुले बताएका छन् ।

सरकारमा सामेल दलका बीचमा चुनावी गठबन्धन हुने पक्कापक्की जस्तै भइरहेको बेलामा ओलीको दौडधुपले एमाले कार्यकर्ता उत्साहित रहेको नेताहरु बताउँछन् । नेता तथा कार्यकर्ताको मनोबल बढाउन ओलीले जिल्लागत भ्रमण गरिरहेको बताइएको छ ।

Nabintech