१२ बैशाख २०८१, बुधबार
लागुऔषधसहित सुर्खेतमा एकजना पक्राउ

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७८, बुधबार १९:१८

नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयल सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा मुकेशको साथबाट एक पुडिया लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ १२० मिलि ग्राम बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech