६ बैशाख २०८१, बिहीबार
भेरी अस्पतालका डा. रिसाललाई मातृ शोक

  • टाइम्स संवाददाता

  • १७ चैत्र २०७८, बिहीबार १९:१९

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा संकेत रिसाललाई मातृ शोक परेको छ ।

उनकी ममतामयी आमा सुशीला शर्माको ८३ वर्षको उमेरमा निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका –१२ स्थित आफ्नै निवासमा बुधवार राती ११ः०३ बजे निधन भएको हो ।

उनी लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित थिइन् । पछिल्लो समय मृगौला रोगबाट समेत पीडित रहेको बताइएको छ ।

प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी सुशीला बर्दियास्थित नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति स्वः ज्ञानराज शर्माकी धर्मपत्नी हुन् ।

उनका ३ छोरा र ४ छोरी छन् । स्व. सुशीलाको बिहीवार बाँकेको राप्तीनदि स्थित कम्दिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Nabintech