१५ चैत्र २०८०, बिहीबार
बाँकेमा चैत २३ गतेदेखि टाइफाइडविरुद्धको खोप दिइने

  • टाइम्स संवाददाता

  • १८ चैत्र २०७८, शुक्रबार १७:३१

नेपालगञ्ज : बाँकेमा आगामी चैत्र २३ देखि २८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइदैँछ । सरकारले राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गरेपछि बाँकेसहित देशभर टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने तयारी गरिएको छ । बाँकेमा यो उमेर समूहमा एक लाख ४८ हजार ९ सय ३३ जना बालबालिका छन् । स्कुललाई खोप केन्द्रको रूपमा विकास गरेर अघि बढिएको फोकल पर्शन श्रेष्ठले बताए ।

फोकलपर्सन श्रेष्ठका अनुसार दुई सयभन्दा बढी विद्यार्थी भएको स्कुललाई खोप केन्द्र तोकिएको छ । त्यसभन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयसँग जोडिनेछ ।

 

Nabintech