८ बैशाख २०८१, शनिबार
शनिवार बाँकेका अधिकाँश पेट्रोल पम्पहरु बन्द

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७८, शनिबार १८:२८

नेपालगञ्ज : नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि त्यसको प्रभाव बाँकेमा पनि परेको छ । शनिवार बाँकेका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् ।

व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ आयात नहुँदा पम्पहरु बन्द गरेको दावी गरेका छन् । तर भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै पेट्रोलपम्पहरुले भएको पेट्रोल समेत लुकाएको उपभोक्ताहरुको गुनासो छ ।

नेपाल आयाल निगमले मूल्य बढाउन सक्ने आशंकामा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेको उपभोक्ताहरुको आरोप छ । पेट्रोलियम डिलर्स एशोसिएसन बाँकेले भने अचानक पम्पहरु बन्द गरिएकोबारे कुनै प्रतिक्रिया दिएको छैन् ।

एशोसिएसनका अध्यक्ष विश्वराज खनाललाई बारम्वर सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । सचिवले शुरुमा कल रिसिभ गरेपनि त्यसपछि भने कलनै रिसिव गरेनन् । एशोसिएसनको गैरजिम्मेवारका कारण त्यसको मार उपभोक्ताहरुले खेप्नु परेको छ ।

Nabintech