१५ बैशाख २०८१, शनिबार
लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७८, शनिबार १८:३६

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । नलघाट नगरपालिका ५ दल्ली बस्ने २३ वर्षीय विशाल नाथ योगीलाई आज दिउँसो पक्राउ गरिएको जमुनाहा प्रहरी इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए ।

योगीको गतविधि शंकास्पद लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ४२ ट्याब्लेट नाइट्रोभ्याट र ३८ ट्याब्लेट ट्रामाडोल फेला परेको विष्टले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech