१२ बैशाख २०८१, बुधबार
राष्ट्रिय युवासंघ बाँकेको बृहद रक्तदान सम्पन्न, २२१ जनाले गरे रक्तदान

  • टाइम्स संवाददाता

  • २० चैत्र २०७८, आईतवार १८:१६

नेपालगञ्ज : मौसम परिवर्तनसंगै बाँकेका अस्पतालहरुमा उपचारको लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिने उद्देश्यले एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेले आईतबार नेपालगञ्जको पार्टी कार्यालय परिसरमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक समेत रहेका राप्ती सोनारी गाउपालिका वडानं. २ का जनप्रतिनिधि ज्ञानेन्द्र वली ‘ज्ञानु’ले जिल्लामा रहेका संघका सदस्यहरुको सक्रियतामा सम्पन्न भएको बृहद रक्तदान कार्यक्रममा २२१ जनाले रक्तदान गरेको जानकारी दिए ।

रक्तदाता युवालाई प्रमाण पत्र एमालेका केन्द्रीय सदस्य तथा नेता महेश बस्नेतले हस्तान्त्रण गरेका थिए । बिहानैदेखि युवासंघका विभिन्न कमिटीमा आवद्ध रहेका युवाहरु स्वस्फूर्त रक्तदानको लागि आएको जिल्ला संयोजक वलीले बताए । रेडक्रश बाँकेको सहकार्यमा सम्पन्न गरिएको सो रक्तदान बिहान १० बजेदेखि सुरु भएको थियो ।

Nabintech