१३ बैशाख २०८१, बिहीबार
खजुरामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७८, सोमबार १७:४०

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले सोमवारदेखि जेष्ठ नागरिकका लागि हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर शुरु गरिएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

पहिलो दिन सोमवार वडा नम्बर २ सितापुर स्वास्थ्य चौकीमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

यस्तै २२ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ६ पुरैनामा, २३ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ ई गाउँमा, २४ गते खजुरा प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ३ मा, २५ गते रनियापुर स्वास्थ्य चौकी वडा नम्बर ८ मा, २६ गते वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्य चौकीमा, २७ गते उढरापुर स्वास्थ्य चौकीमा र २८ गते सोनपुर स्वास्थ्य चौकीमा आयोजना हुने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

 

Nabintech