२२ बैशाख २०८१, शनिबार
नेपालगञ्जमा एक युवकद्वारा आफ्नै घाँटीमा चक्कु प्रहार

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७८, सोमबार १७:४८

नेपालगञ्ज : नेपालगञ्जमा एक युवकले आत्माहत्याको प्रयास गरेका छन् । दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नंं.२ डाँडामाढी गाउँका ४० वर्षीय राजु परियारले आफ्नो घाँटीमा आफैले चक्कु प्रहार गरी आत्माहत्याको प्रयास गरेका हुन् ।

चक्कु प्रहारपछि घाईते परियारलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, परियार नेपालगञ्ज नाका हुँदै रोजगारीका लागि भारत जाने क्रममा नेपालगञ्जको बसपार्क क्षेत्रको होटेलमा बास बसेका थिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech