१२ बैशाख २०८१, बुधबार
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७८, सोमबार १७:५३

नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका– ३ मानपुराका ५२ वर्षीय रामपल्टन काँदु गुप्तालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

लेनदेन मुद्दामा गुप्तालाई २०७५ साल भदौ ११ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ९ महिना कैद फैसला गरेको थियो ।

उनलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गुप्तालाई सोमवार जिल्ला अदालतमा बुझाएको छ ।

Nabintech