१६ चैत्र २०८०, शुक्रबार
नेपाली सेनाको भूपु सैनिक सम्मेलन सम्पन्न

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७८, सोमबार १९:१५

नेपालगञ्ज :  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वाधीनता र अखण्डता कायम राख्न भुपू सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । पश्चिम कमाण्ड अन्तरगतको नेपालगञ्ज स्थित नंम्बर ४ बाहिनीमा आयोजित भुपु सैनिक सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेना नेपालीहरुको आस्था र भरोसाको केन्द्रबिन्दु भएको कुरामा जोडदिदै राष्ट्रिय एकता नै शक्ति एब सुरक्षाको प्रमुख आधार भएको बताएका हुन ।

उनले राष्ट्रिय सुरक्षा र एकता कायम गर्न नेपाली सेना सधैं अग्रसर रहेको बताउदै सम्पूर्ण नेपालीहरूबीच एकता बनाइराख्न नेपाली सेनाबाट अनवरत रुपमा प्रयास गर्दै आएको कुरामा जोड दिदै भने–‘ हाम्रा केही संरचनागत कुराहरु फेरिएका छन । व्यक्तिहरु फेएिका छौ तर, काम जिम्मेवारी र कर्तव्य भने उही नै रहेको छ ।’

प्रधानसेनापति शर्माले अवकाश प्राप्त सैनिकको आर्थिक सुधारका लागि नेपाली सेनाले विभिन्न लोक कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए । उनले खास गरि आयआर्जन, स्वास्थ्य, शिक्षामा बढी केन्द्रीत रहेर कार्य गर्दै आएको बताए । उनले नेपाली सेनामा सेवा गरेर सेवा निबृत्त भएका व्यक्तिहरुले समाजका विभिन्न अंगसंग जोडिएर आफ्नो छविलाई गर्भिलो बनाउनको लागि अवसर भएको उल्लेख गरे ।

सो सम्मेलनमा भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिकलाई सम्मान र एकल तथा अशक्तलाई सहायक सामग्री हस्तान्तरण गरिएको थियो । यसैक्रममा ७ लाख ऋण सहयोग पाउने ३ जना र १५ लाख पाउने २ जना सेवा निबृत्त सैनिक परिवारलाई व्यवसाय सञ्चालनको लागि ऋण उपलब्ध गराईएको थियो ।

सैनिक सम्मेलामा सेवा निबृत्त सैनिक परिवारसंग प्रधान सेनापति शर्मा सहित सेनाका उच्च अधिकारीहरुले उनीहरुको अवस्था, आवश्यकता तथा अन्य कुराहरुको बारेमा जानकारी हासिल गरेका थिए ।

भुपू सम्मेलनमा बाँके बर्दियामा प्रचलित झाँकीहरू प्रस्तुत गर्नुका साथै भुपू सैनिक तथा बहालवाला सैनिकहरूले कबाज प्रर्दशन गरेका थिए । सेनाबाट अवकास पाएपछि विदेश जाने परम्परालाई रोक्न पनि सेनाले सहुलिय दरमा ऋण दिएर स्वदेश मै विभिन्न व्यवसाय सञ्चालनका लागिसमेत सेनाले प्रोत्साहन गर्दै आएको छ ।

सैनिक कल्याणकारी कोषमा अहिले ६७ अर्ब रुपैया रहेको र यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको सो अवसरमा जानकरी दिएको थियो । सो अवसरमा महुरी पालनमा उल्लेखनिय योगदान पुराएको भन्दै अवकास प्राप्त सुवेदार पुरमल बस्नेतलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसैगरी सुबेदार घनश्याम मल्ललाई स्कुटी उपलब्ध गराइएको थियो ।

नेपाली सेना कल्याणकारी बोर्ड कार्यालयका अवकाश प्राप्त रथी गौरव तण्डुलले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघका उपाध्यक्ष सहायक रथी अवकाश प्राप्त डा. केशर भण्डारी, अवकाश प्राप्त रथी प्रादेशिक नेपाल भुषण चन्द र बलाधिकृत रथी बालकृष्ण कार्कीले सम्बोधन गरेका थिए ।

Nabintech