१५ चैत्र २०८०, बिहीबार
नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७८, सोमबार १९:१९

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ को कृष्णनगरमा सोमबार दिउसो भिषण आगलागी भएको छ । सो आगलागीमा परेर करिव १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भोजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले दिएको जानकारी अनुसार वडा नं ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले सो घटनाको क्षतिको विवरण संकलन सुरु भएको बताए ।

 

Nabintech