४ बैशाख २०८१, मंगलवार
कोरोना रोकथामका निमित्त घरदैलो अभियान संगै तथ्याङ्क संकलन सुरु

  • टाइम्स संवाददाता

  • २२ चैत्र २०७८, मंगलवार १८:५३

नेपालगञ्ज : कोरोना बिरुद्धको भ्याक्सिन कार्यक्रमलाई प्रभावकारी बनाउन र यहाँका सवै स्थानियहरुलाई खोपको पहँचमा पुर्याउन नेपालगञ्ज उप–महानगरपालिकाका केहि वडाहरुमा घरदैलो अभियान संगै तथ्याङ्क संकलन सुरु गरिएको छ ।

हरेक नागरिकलाई खोपको पहुँचमा पुर्याउने उद्देश्यले सुरुगरिएको सो कार्यक्रम वडा नं. २१, १४, १५ र ११ मा हुने सो कार्यक्रमका सिनियर फिल्ड अफिसर सहज यादवले जानकारी दिए ।

यसका लागि परिचालित स्वास्थ स्वयमंसेवीका सहितको टोलीले वडाको बिभिन्न टोलहरुमा कोरोना सम्बन्धी जनचेतना अभिबृद्धि गर्नुका साथै खोप लगाए–नलगाएको सम्बन्धि तथ्याङ्क संकलन गर्ने छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्चद्वारा सन्चालित जोखिम सन्चय तथा समुदाय सहभागिता परियोजना अन्र्तगत गरिएको सो घरभेट कार्यक्रममा २० गते २७ घरमा, २१ गते ३९ घरमा र मंगलबार २२ गते ४६ घरमा गई कोरोना सम्बन्धि सचेतनाका साथै खोप लगाए–नलगाएको सम्बन्धि तथ्याङ्क संकलन गरिएको सिनियर फिल्ड अफिसर यादवले बताए ।

जसमा घरका सबैजनाले खोप लगाएको घरमा हरियो, केहिले मात्रै खोप लगाएको घरमा पँहेलो र घरका कुनैपनि सदस्यले कोरोना खोप लगाएको घरमा रातो स्टिकर टाँसिएको जानकारी दिँदै अफिसर यादवले यसको पुरा तथ्याङ्क विहिवार मात्रै आउने बताए ।

Nabintech