१४ बैशाख २०८१, शुक्रबार
प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

  • टाइम्स संवाददाता

  • २२ चैत्र २०७८, मंगलवार १९:०५

नेपालगञ्ज : बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका बुटवल–११ का ४० वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका उनी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ ।

अनुसन्धानका लागि हिरासतमा राखिएका उनले आत्मग्लानीका कारण धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक ठगबहादुर केसीले जनाए ।

तर, उनी आफैंले केही वस्तु लगे वा हिरासतका उपकरण प्रयोग गरेर घाँटीमा रेट्न खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

Nabintech