१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा टाइफाइडविरुद्धको खोप लगाउन शुरु

  • टाइम्स संवाददाता

  • २३ चैत्र २०७८, बुधबार १८:३४

नेपालगञ्ज : बाँकेमा बुधवारदेखि टाइफाइडविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लामा एक लाख १५ हजार दुई सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

विद्यालय तथा स्वास्थ्य संस्थामार्फत चल्ने यो अभियान चैत २८ गतेसम्म चल्ने छ । निःशुल्क दिइने टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।

ढल वा संक्रमित ब्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित पानी वा खानाको माध्यमबाट सर्ने चिकित्सकहरु बताउँछन् । यो रोग सबै उमेर समूहका व्यक्तिहरुमा लागेको पाइए पनि १५ वर्षमुनिका बालबालिकामा बढी हुने गरेको छ ।

Nabintech