१६ चैत्र २०८०, शुक्रबार
धनगढीबाट काठमाडौं उडेको जहाज नेपालगञ्जमा अवतरण

  • टाइम्स संवाददाता

  • २३ चैत्र २०७८, बुधबार १८:३७

नेपालगञ्ज : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट काठमाण्डौका लागि जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको छ । बुधबार बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको हो ।

उडान नं २५२ को जहाजमा एकजना यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा जहाज अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरेर यात्रुको चेकजाँच गरिएको बताइएको छ । यस्तै विरामी यात्रुले ठिक छ भनेपछि आफन्तका साथ बाहिर निस्किएको जनाइएको छ ।bu

Nabintech