८ बैशाख २०८१, शनिबार
आगामी निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुको प्रतिवद्धता

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७८, बिहीबार १८:४६

नेपालगञ्ज : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुले एक कार्यक्रमका विच प्रतिबद्धता जनाएका छन । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज , इन्सेक नेपालगन्जको आयोजना डिसिए र एफडब्लुएलडिको सहयोगमा चैत २४ गते भएको स्थानीय तहको निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुको प्रतिबद्धता कार्यक्रम सो कुरामा प्रतिबद्धता जनाएका हुन ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ सुर्यबहादुर खत्रीले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन आफुले सर्वदलीय वैठकहरु बस्दै आएको र राजनितिक दलहरुसंग पनि आचारसंहिंता विषयमा छलफल गदै आएको बताए । उनले यस कार्यक्रमले चुनाव भयरहित गराउन मद्दत गर्ने भन्दै सबै राजनितिक दलहरुले निर्वाचन आचारसंहिताको पालना गरे विवाद र द्धन्द्ध नहुने कुरा उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले कानुनले सबैलाई सम्मान रुपले हेर्ने भएकोले चुनावी आचारसंहिता विपरित कुनैपनि राजनितिक दलका कार्यकर्ताहरु गए कानुनि दायरामा ल्याएर कारबाहि गरि सार्वजनिक गर्ने बताए । प्रहरी उपरिक्षक अधिकारीले चुनावमा अपराधिक क्रियाकलाप गर्नेहरुलाई कुनैपनि राजनितिक दलहरुले संरक्षण गर्न नहुने बताउदै आफुले पनि संरक्षण नगर्ने प्रतिबद्वता जाहेर गरे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङकर रावलले स्थानिय निर्वाचनलाई भयरहित माहोल सिर्जना गर्न सबै राजनितिक दलका कार्यकर्ताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिंदै राजनितिक दलहरुका कार्यकर्ताहरुलाई आचारसंहिताका कुराहरु बुझाउनुपर्ने र जनताको गास, बास, कपासलाई सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने कुरामा सोच्न आवश्यक रहेको औंल्याए ।

इन्सेक नेपालगन्जका प्रमुख भोला महतले आउदो निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयरहित बनाउन राजनितिक दलहरुको दायित्व , कर्तव्य र प्रतिवद्धता लिनको लागि कार्यक्रमको आयोजना गरेको बताए ।

यस्तै कार्यक्रमा सहभागि सबै राजनितिक दलका व्यक्तिहरुले चुनावमा हुने आर्धिक चलखेललाई नियन्त्रण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । यस्तै उनिहरुले चुनावमा द्धन्द्ध ल्याउनेलाई प्रहरीले नडराएर कानुनी कारवाहिमा ल्याय चुनाव भयरहित हुने बताएक थिए ।

स्थानिय तहको निर्वाचन आचार संहिताको बारेमा सचेत हुनुका साथै त्यसलाई कार्यान्वयनमा ल्याउन सबै राजनितिक दलहरु एकबद्ध हुनुपर्ने भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन आफ्नो प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

Nabintech