१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्जबाट गएको जीप सल्यानमा दुर्घटना हुँदा सात घाइते

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७८, सोमबार १९:०९

नेपालगञ्ज : सल्यानमा सोमबार बिहान जीप दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जीप छत्रेस्वरी गाउँपालिका– ६ चैबाङज्युला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीयाया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ। सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ । गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Nabintech