१२ बैशाख २०८१, बुधबार
कैलालीमा पत्निद्वारा आफ्नै पतिको हत्या

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७८, सोमबार १९:१२

कैलाली : श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । कैलाली मोहन्याल गाउँपालिका १ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले आफ्नै श्रीमान् अन्दाजी ४४ वर्षीय नारायण बुढामगरको हत्या गरेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, घरायसी विबादका कारण घरेलु हँसियाको प्रयोग गरी श्रीमानको विभत्स हत्या गरी सोमबार विहान ५ बजे ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीमा आत्म समर्पण गर्न आएको हुँदा थुमा थापामगरलाई इलाका प्रहरी कार्यालय पण्डौनले नियन्त्रणमा लिएको छ ।

Nabintech