१६ चैत्र २०८०, शुक्रबार
सुर्खेतमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु, तीन घाइते

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७९, आईतवार १६:४८

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो पल्टिएको हो ।

Nabintech