१२ बैशाख २०८१, बुधबार
कोहलपुरको १२ वटा वडामा एमालेले उम्मेदवार टुँग्यायो

  • टाइम्स संवाददाता

  • ४ बैशाख २०७९, आईतवार १६:४९

 

नेपालगञ्ज : नेकपा एमालेले कोहलपुर नगरपालिकाको १५ वडामध्ये १२ वटा वडामा वडा अध्यक्षका लागि सर्वसम्मत रुपमा उम्मेदवार छानेको छ ।

यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारहरु छानेको नेकपा एमाले कोहलपुर नगर कमिटीले जनाएको छ ।

वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरी माथिल्लो कमिटीमा सिफारिस गरिसकेको छ ।

वडाध्यक्षको लागि वडा नम्बर १ बाट रुद्र खनाल, वडा नम्बर ३ बाट माधव रिजाल, वडा नम्बर ४ बाट सफि मोहम्मद गुजर, वडा नम्बर ५ बाट दिपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ बाट परदेशी थारु सर्वसम्मत रुपमा छनोट भएका छन् ।

त्यसैगरी वडा नम्बर ७ बाट ठग्गा थारु, वडा नम्बर ९ बाट नन्दराम थारु, वडा नम्बर १० बाट हेमकुमार रावत, वडा नम्बर १२ बाट टेकबहादुर शाही, वडा नम्बर १३ बाट रुपसिंह डाँगी, वडा नम्बर १४ बाट ज्ञानेन्द्र थापा र वडा नम्बर १५ बाट मोहन थारु वडाध्यक्षको उम्मेदवारको लागि छनोट भएका हुन ।

वडा २, ८ र ११ मा अध्यक्षका आकांक्षीहरु धेरै भएकोले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न ढिलाई भएको जनाइएको छ ।

Nabintech