७ बैशाख २०८१, शुक्रबार
कैलालीमा ट्रक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०७९, बुधबार १८:५१

कैलाली : ट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन ।

कैलाली मोहन्याल गाउँपालिका ५ सिँहासन सामुदायिक वन नजिकैको सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ गइरहेको म १ क ४०७ नं. को खालि ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार, अनियन्त्रित भएको ट्रक पल्टिन जाँदा सडक भन्दा अन्दाजी १२० मिटर तल खसेकोमा चालक ट्रक मुनि च्यापिएर गौरीगंगा नगरपालिका ४ बस्ने बर्ष ४५ को थम्मन प्रसाद सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै घाईते सहचालक सोही ठाउँबस्ने बर्ष २५ को गोबिन्द गुरूङको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nabintech